सबै-समय कथा हेराइहरू
15,941,705

निम्नलिखित पृष्ठहरु एउटा सत्य कथाको सारांश हो। यो तपाईंले सुनेको, पढेको धेरै कथाहरु जस्तै छ तर तपाईं जति पढ्दै जानुहुन्छ त्यति तपाईंलाई महशुश हुन्छ कि यो ति कथाहरु जस्तै मात्र अर्को एउटा कथा होइन।
यो एउटा कथा हो। यसले हामी सबैलाई परिभाषित गर्दछ। यसले हामी को हौँ र हामी को हुन सक्छौ भन्ने बारेमा हामीलाई सोँचनीय बनाउंछ।

ईश्वर

यो कथा परमेश्वरसंग शुरु हुन्छ, जो सदा सर्वदा हुनुहुन्छ। उहाँ सधै अस्तित्वमा रहनुभयो, र उहाँ जुन अस्तित्वमा रहनुभएको थियो आज पनि त्यहि समानमा हुनुहुन्छ। यदि यो भ्रमित देखिन्छ भने यसको कारण उहाँ प्रत्येकको पूर्ण समझभन्दा धेरै परको हुनुहुन्छ।

उत्पति 1:1 यशैया 40:28

सृष्टि

आदिमा, परमेश्वर बोल्नुभयो र सबै कुरा अस्तित्वमा आए। उहाँको आज्ञा द्वारा सम्पूर्ण ब्रम्हाण्ड सृष्टि भयो र नाटकीय छायांकन जस्तै आकाशगंगा, ताराहरु र ग्रहहरु – लगायत पृथ्वी भरिदै गयो, पृथ्वीमा अदन भनिने स्वर्गको सिद्ध बगैचा अवस्थित थियो। परमेश्वरले जुन सुन्दरतामा सृष्टि गर्नुभयो ति सबैमा सर्वोत्कृष्ट रचना एउटा मानिस र स्त्री थिए। परमेश्वरले आदम र हब्बालाई उहाँ प्रतिविम्बित् हुनको निम्ति आफ्नो स्वरूपमा बनाउनुभयो। तिनीहरु परमेश्वरलाई प्रेम गरेर, उहाँको सेवा गरेर र उहाँसंगको सम्बन्धमा आनन्दित भएर आराधना गर्नको निम्ति भव्य उद्धेश्यले बनाईएका थिए।

भजन संग्रह 8:3 यशैया 40:26

मेलमिलाप

परमेश्वरको बनावट अनुसार, सृष्टिका सबै कुरा मेलमिलापमा रहिरहेका थिए र जस्तो हुनुपर्ने थियो ठीक त्यस्तै थिए। त्यो समयमा त्यहाँ दु:ख, पीडा, रोग र मृत्यु थिएन। त्यहाँ सृष्टिको शुरुवातदेखि नै परमेश्वर र मानिस, आदम र हब्बा बिचमा सम्पूर्ण प्रेम, स्वीकार्यता र घनिष्टता थियो। तर केहि डरलाग्दो कुरा भयो...

उत्पति 1:31

अनाज्ञाकारिता

आदम र हब्बा परमेश्वरको बराबरी हुने धेरै परको कुरा थियो, र पनि परमेश्वरले प्रेमसाथ उनीहरुलाई सृष्टि गर्नुभएको अदनको बगैचाको रेखदेखको पुरा जिम्मा दिनुभयो। परमेश्वरले तिनीहरुलाई एउटा नियममा रहेर निर्णय लिन र पृथ्वीमा शासन गर्नको निम्ति पुरा स्वतन्त्रता दिनुभयो। परमेश्वरले एउटा नियम दिनुभयो-एउटा विशेष रुखको फल नखानु। एक दिन, शैतान भनिने परमेश्वरको शत्रु, स्वर्गवाट खसालिएको स्वर्गददूत, परमेश्वरलाई पराजित गर्न चाहान्थ्यो त्यसैले उसले सर्पको भेष लियो र आदम र हब्बासँग झूठ बोल्यो। उसले तिनीहरुलाई परमेश्वर असल हुनुहुन्न र तिमीहरुको निम्ति उहाँ भलो चाहनुहुन्न भन्ने, सोँच हालिदिएर बहकायो। यसको परीणामस्वरूप तिनीहरुले जानीबुझी परमेश्वरको आज्ञालाई भंग गरे। तिनीहरुले त्यो फल खाए, विद्रोहमा असल र खराबको फैसला, परमेश्वरमा होइन, स्वयम आँफैले गरे।

उत्पति 3:1-6 रोमी 3:23

परीणाम

आदम र हब्बाको कार्यको परीणाम अति विनाशकारी भएको थियो। एउटा विषालु किटाणु जस्तै पाप आदम र हब्बाको हृदयमा र सारा सृष्टिमा फैलिँदै गयो। पाप, पीडा र दु:ख एक पुस्ताबाट अर्को पुस्तामा सर्दै गयो। सम्पूर्ण सृष्टि जुन यसको मौलिक स्वरूपबाट दूषित हुँदै गएको थियो। हामी सबैले युद्ध,गरिबी,बिमार,लोभ र अनैतिककार्यको कथाहरु पढेका र सुनेका छौं, जसले आज पनि हाम्रो संसारलाई सताइरहेको छ। यो सबै पापको परीणाम हो।

उत्पति 3:7-8 यशैया 53:6

आवश्यकता

जब हामी सृष्टिको आरम्भमा नै अस्तित्वमा रहेको त्यो उत्तमता र प्रेमको बारेमा सोँच्दछौं, तब हामीलाई यो महशुस हुन्छ कि “हामी हाम्रो सोँचमा कति धेरै दोषपूर्ण र पापी छौं”। एकछिन सोँचौं हामीमा कति द्रेष छ, कति झूठ बोल्छौं, हामीमा कति यस्तो विचारहरु थियो जुन प्रकट गर्ने साहस कहिल्यै भएन्। यदि इमान्दारसाथ आफ्नो हृदयलाई हेर्ने हो भने सत्य प्रकट हुन्छ – कि हामी सबै दोषी छौं। सबैले पाप गरेका छन्, र यसको अन्तत परीणाम शारीरिक मृत्यु भन्दा पनि खराब छ जुन एक प्रेमिलो परमेश्वरसंग संधैको निम्ति अलग हन, डरलाग्दो दु:ख र अप्रशन्नता हो। यी सबै कारणले गर्दा हामीले यी प्रश्नहरु प्रति विचार गर्नु आवश्यक छ: के केहि गर्न सकिन्छ ? के त्यहाँ कुनै आशा छ ?

रोमी 3:10 रोमी 5:12

प्रतिज्ञा गरिएको

परमेश्वरले आदम र हब्बालाई तिनीहरुको पापको कारणले अदनको बगैचाबाट निकालीदिनुभयो तर छुट्कारा र आशाको प्रतिज्ञाको साथ तिनीहरुलाई निकालिदिनुभयो। उहाँले तिनीहरुलाई प्रतिज्ञा गर्नुभयो कि एक दिन तिनीहरुको सन्तानबाट एकजना आउनुहुनेछ जसले मानवजातिलाई पापबाट छुटकारा दिनुहुनेछ। कयौ शताब्दी पहिले नै परमेश्वरले यो व्यक्ति आउने मार्ग तयार गर्नुभयो जो यो संसारको उद्दारकर्ता हुनुहुनेछ। उहाँको जन्म, जीवन र मृत्युको ठिक विवरण उहाँ आउनुभन्दा कयौ शताब्दी पहिले देखि नै बाइबलमा लेखिएको थियो। वास्तवमा सम्पूर्ण बाइबलको अन्तत: सारा मानवताको केन्द्र बिन्दुको रुपमा यहि व्यक्ति प्रति इसारा गरेको छ। उहाँ आउनुको उद्देश्य “हराएकाहरुलाई खोज्न र बचाउनको निम्ति थियो” (लुका १९:१०) यसैले उहाँ को हुनुहुन्छ ?

यशैया 7:14 यशैया 9:6

पूरा गरिएको प्रतिज्ञा

जो उद्धारकर्ताको प्रतिज्ञा गरिएको थियो, उहाँ परमेश्वर नै हुनुहुन्थ्यो। लगभग २००० वर्ष पहिले परमेश्वर येशू मसीहको रुपमा मानिस बन्नुभयो, र उहाँले पुरानो नियमको सारा भविष्यवाणी पुरा गर्नुभयो। येशूको जन्म आश्चर्यपूर्ण थियो, किनकी उहाँकी आमा कुमारी थिइन्। उहाँको जीवन अदभुत थियो; उहाँ पापरहित भएर परमेश्वरको आज्ञापालन गर्नुभयो र त्यसमा आन्नद लिनुभयो। अन्तत: यो क्रुसमा दु:खपूर्ण मृत्युको कारण बन्नुभयो किनकी उहाँले परमेश्वरको योजना अनुसार आफ्नो खुशीले, आज्ञापालन गर्दै र प्रशस्त रुपमा मोल चुकाउनको निम्ति क्रुसमा प्राण दिनुभयो। दया र अनुग्रहको सबैभन्दा महान प्रर्दशन जुन संसारले सायदनै अनुभव गरेको होला, येशूको जीवन र मृत्यु उहाँमा बिश्वास गर्नेहरुको निम्ति एक बिकल्प बन्नुभयो। शैतान र पापको निराशजनक दोषबाट बचाउनको लागि निर्दोष एक व्यक्तिले आफ्नो प्राण दिए।

तर चिहानले येशूलाई रोक्न सकेन। परमेश्वरले प्रतिज्ञा गरेअनुसार येशू ३ दिन पछि आफ्नो चिहानवाट बाहिर निस्कनुभयो, र क्रुसमा आफ्नो प्राण दिएर पाप माथि र मृत्युवाट पुनर्जीवित भई मृत्यु माथि विजय प्राप्त गरी आफ्नो संसारिक उद्धेश्य पुरा गर्नुभयो। ४० दिन पछि उहाँ स्वर्गलोकमा फर्किनुभयो जहाँ उहाँ एक न्यायी राजाको रुपमा शासन गर्नुहुन्छ।

यो कथा यहाँ समाप्त हुँदैन ....

कलस्सी 1:13 १ पत्रुस 3:18

सबै कुरा नयाँ

जो येशूमा मात्र विश्वास गर्दछन् तिनीहरुको लागि परमेश्वरले सबै कुरा नयाँ बनाउने प्रतिज्ञा गर्नुभएको छ। नयाँ आकाश र नयाँ पृथ्वी सम्पूर्ण तवरले पाप र स्वार्थ रहित हुनेछ –एक सिद्ध मित्रताको स्थान जुन परमेश्वरको साथ्, एक अर्काको साथ र सबै सृष्टिको साथमा हुनेछ। तहस-नहस बनाउने भूकम्प, बिनाशकारी सुनामी र डरलाग्दो आँधी तुफानहरुले पृथ्वीमा सताउने छैन।

सबै कुरा त्यहि प्रकारले पुनर्स्थापित हुनेछ जसरी त्यो हुनुपर्ने थियो। नयाँ पृथ्वी फेरी एकपटक सिद्ध घर हुनेछ जुन परमेश्वरले उहाँको सृष्टिलाई प्रदान गर्न चाहनुहुन्थ्यो। जब उहाँको उद्धारमा विश्वास गर्ने मानिसहरु उहाँलाई प्रेम गरि उहाँको सेवा गरेर, र उहाँको साथमा सदासर्वदा सम्बन्धमा आनन्द लिएर उहाँको आराधनाको महान उद्देश्यमा प्रवेश गर्छन् तब परमेश्वरको मूल उद्देश्य सम्पन्न हुनेछ।

प्रकाश 21:4

सदासर्बदा परमेश्वरको साथमा

यो संसारको सबैभन्दा अदभूत् हिस्सा सम्पूर्ण आनन्दलाई अनुभव गर्दै परमेश्वरको साथमा रहनु हो। हाम्रो परमेश्वरको साथमा हाम्रो एउटा सिद्ध सम्बन्ध पुनर्स्थापित हुनेछ जसले हामीलाई सृष्टि गर्नुभयो, प्रेम गर्नुभयो र हाम्रो निम्ति मर्नुभयो। सी. एस. लुईस, (C.S. Lewis) जो बालबालिका बिषयको लेखक: र विद्धान, उहाँले यो संसारको पहिलो चरणलाई यसरी तुलना गर्नुभयो कि “महान कथाको पहिलो अध्याय यो पृथ्वीमा कसैले पनि पढेको छैन” जुन सधैको लागि हो: जहाँ प्रत्येक अध्याय पहिलो अध्याय भन्दा उत्तम छ।

प्रकाश 22:3-5 २ कोरिन्थी 5:8

यो कथामा तपाईंको भूमिका के छ ?

परमेश्वरले सृष्टि देखि पुनर्स्थापना सम्मको एउटा अधभूत् कथा लेखिरहनु भएको छ। उहाँले तपाईंलाई उहाँको आराधना गर्नको लागि, उहाँको सेवा गर्नको लागि, उहाँको सम्बन्धमा आनन्द लिनको लागि र यो कथाको हिस्सा बन्नको लागि बनाउनुभयो। परमेश्वरको यो कथामा उहाँको साथ सहभागी हुँदै, जब तपाईं आफ्नो जीवनको रचयितालाई चिन्नुहुन्छ तब तपाईंले क्षमा, उद्देश्य र सन्तुष्टि प्राप्त गर्नुहुनेछ।

मत्ती 11:28-29

विश्वासद्वारा मात्र उद्धार

विश्वास, येशूले तपाईंलाई उद्धार गर्न सक्नुहुन्छ भनेर उहाँमाथि गरिने साधारण भरोसा हो। यसको अर्थ आफ्नो पापको परीणामबाट छुट्कारा पाउनको लागि आफुमा विश्वास गर्नुको सट्टा तपाईं आफ्नो भरोसा उहाँमा स्थानान्तर गर्नुहोस् जसले आफ्नो मृत्यु द्वारा तपाईंलाई किन्नुभएको छ। अब तपाईंको भक्ति, श्रदा (राजा) येशूको लागि हो। जो मानिसहरु आफ्नो भरोसा येशू बाहेक अरुमा राख्छन् भने उनीहरु आफैलाई प्रेमिलो परमेश्वरबाट संधैको निम्ति अलग भएको भेट्टाउनेछन्, जो परमेश्वरले हामीलाई आफ्नो एकलौटे पुत्र हाम्रो पापको बन्धनबाट छुट्कारा गर्नको निम्ति दिनुभयो। यो दु:खलाग्दो विभाजनलाई नरक भनिन्छ।

एफिसी 2:8–9 यूहन्ना 3:16

प्रतिक्रिया

परमेश्वरले तपाईंलाई यो कथामा सहभागी हुनको निम्ति बोलाईरहनु भएको छ जुन उहाँले आउने पुस्ताहरुको लागि लेखिरहनु भएको छ। आज उहाँले तपाईंलाई उद्दारको भेटी दिई रहनुभएको छ, जुन उद्धारको निम्ति परमेश्वरले दिनुभएको तपाईंकोलागि निमन्त्रणा हो। तपाईं यो परमेश्वरको उद्धारलाई यी कुराहरुद्वारा स्वीकार गर्न सक्नुहुन्छ:

  • आफ्नो आवश्यकता परमेश्वरमा जाहेर गरेर।
  • आफ्नो क्षमाको निम्ति उहाँलाई अनुरोध गरेर।
  • आफ्नो उद्धारका लागि येशुलाई मात्र विश्वास गर्नु
  • येशू ख्रीष्टलाई पछ्याउँदै, तपाईंको जीवनको राजा, विश्वासमा आज सुरु हुन्छ

जुन क्षण तपाईं येशू प्रभुमा भरोशा गर्नुहुन्छ, त्यहि क्षणनै तपाईं परमेश्वरको सन्तान कहलाईनुहुन्छ र उहाँको आत्मा तपाईं भित्र बस्न शुरु गर्नुहुन्छ। तपाईं उहाँको कथाको हिस्सा बन्नुभएको छ। तपाईं जति परमेश्वरको सम्बन्धमा बढ्दै जानुहुन्छ त्यति नै तपाईं उहाँको कथा आफ्नो जीवनमा देख्न र बुझ्न शुरु गर्नुहुनेछ। तपाईंको बिगतको पाप र भविष्यको पाप क्षमा भएको छ र अब तपाईं उहाँको सामु पूर्ण स्वीयकार्य भएको भेट्टाउनु हुन्छ। जब तपाईं यो सम्बन्धलाई शुरु गर्नुहुन्छ, तब येशूले यो जीवनको हरेक आरोह-अवरोहमा प्रसन्न र कठिनाईमा तपाईको साथमा रहिरहने प्रतिज्ञा गर्नुभएको छ। उहाँले तपाईंलाई अनन्त र अपरिवर्तित प्रेमले प्रेम गर्नु भएको छ। र उहाँले केवल अनन्त जीवनको मात्र प्रतिज्ञा गर्नु भएको छैन, तर उहाँ आउनुभयो ता कि तपाईले जीवनको उद्धेश्य, पूर्णता र स्वतन्त्रताको अनुभव गर्न सक्नुभएको होस् |

यूहन्ना 6:47

प्रतिक्रिया

परमेश्वरले तपाईंलाई यो कथामा सहभागी हुनको निम्ति बोलाईरहनु भएको छ जुन उहाँले आउने पुस्ताहरुको लागि लेखिरहनु भएको छ। आज उहाँले तपाईंलाई उद्दारको भेटी दिई रहनुभएको छ, जुन उद्धारको निम्ति परमेश्वरले दिनुभएको तपाईंकोलागि निमन्त्रणा हो। तपाईं यो परमेश्वरको उद्धारलाई यी कुराहरुद्वारा स्वीकार गर्न सक्नुहुन्छ:

  • आफ्नो आवश्यकता परमेश्वरमा जाहेर गरेर।
  • आफ्नो क्षमाको निम्ति उहाँलाई अनुरोध गरेर।
  • आफ्नो उद्धारका लागि येशुलाई मात्र विश्वास गर्नु
  • येशू ख्रीष्टलाई पछ्याउँदै, तपाईंको जीवनको राजा, विश्वासमा आज सुरु हुन्छ
हो, म उद्धार चाहन्छु!

जुन क्षण तपाईं येशू प्रभुमा भरोशा गर्नुहुन्छ, त्यहि क्षणनै तपाईं परमेश्वरको सन्तान कहलाईनुहुन्छ र उहाँको आत्मा तपाईं भित्र बस्न शुरु गर्नुहुन्छ। तपाईं उहाँको कथाको हिस्सा बन्नुभएको छ। तपाईं जति परमेश्वरको सम्बन्धमा बढ्दै जानुहुन्छ त्यति नै तपाईं उहाँको कथा आफ्नो जीवनमा देख्न र बुझ्न शुरु गर्नुहुनेछ। तपाईंको बिगतको पाप र भविष्यको पाप क्षमा भएको छ र अब तपाईं उहाँको सामु पूर्ण स्वीयकार्य भएको भेट्टाउनु हुन्छ। जब तपाईं यो सम्बन्धलाई शुरु गर्नुहुन्छ, तब येशूले यो जीवनको हरेक आरोह-अवरोहमा प्रसन्न र कठिनाईमा तपाईको साथमा रहिरहने प्रतिज्ञा गर्नुभएको छ। उहाँले तपाईंलाई अनन्त र अपरिवर्तित प्रेमले प्रेम गर्नु भएको छ। र उहाँले केवल अनन्त जीवनको मात्र प्रतिज्ञा गर्नु भएको छैन, तर उहाँ आउनुभयो ता कि तपाईले जीवनको उद्धेश्य, पूर्णता र स्वतन्त्रताको अनुभव गर्न सक्नुभएको होस् |